नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
२५ भाद्र २०७७, बिहीबार १६:३१

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको  नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सो कुरा जानकारी दिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*