
चितवन/पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८:१० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।


सेयर गर्नुहोस्