मकवानपुरगढी गाँउपालिकामा आज कोरोना रोकथाम सम्बन्धि गाउँपालिका स्तरिय समन्वय समितिूको बैठक सम्पन्न भएको छ ।
मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष श्री विदुर हुमागाईको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो । मकवानपुरगढी गाँउपालिकाकाको कार्यालयमा कोरोना रोकथाम सम्बन्धि गाँउपालिका स्तरिय समन्वय समितिूको बैठक बसेको हो ।
आजको उक्त बैठकबाट विश्वब्यापि माहामरिको रुपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षीत रहनको लागि बिभिन्न बिषहरुमा छलफल भएको थियो । कार्यक्रममा कोरोना भाईरसबाट सुरक्षीत रहनको लागि लागि साबुन पानिले हात धुने, मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने भिडभाडमा नजाने, सार्वजनिक स्थल वा कार्यालयमा जादा र चाडपर्व मनाउदा कम्तिमा २ मिटरको दुरि कायम गर्ने जस्ता बिषयहरुमा छलफल भएको थियो ।
नेपाल सरकार र गाँउपालिकाको निति नियम र स्वास्थयको मापडण्ड अनुरुप सार्वजनिक सवारि साधन संचालन गर्ने, सामाजिक दुरि कायम गरि होटल तथा किराना पसल संचालन गर्ने, बाहिरि कामदार र कर्मचारि आउदा अनिवार्य पि।सि।आर। परिक्षण गरि गाँउपालिका प्रवेश गर्ने जस्ता बिषहरु माथि लगाउने निर्णय गरिएको छ ।
त्यस्तै तास ,लुडो, क्यारमोट जस्ता खेलमा सहभागि हुनेलाइ कारवाहिको दायरामा ल्याउने, सुरक्षाको निम्ति माक्स र सेनिटाईजर प्रयोगलाई कडाईका साथ लागु गर्ने बिषय माथि निर्णय गरिएको छ । वडा स्तरिय योजनाहरु कार्यन्वयन गर्दा सामाजिक दुरि कायम गरि उपभोक्ता समिति गठन गरि काम कारवाहि अगाडि बढाउने, सभा सम्मेलन र खेलकुदका कार्यहरुमा रोक लगाउने जस्ता बिषयहरमा ूगाउँपालिका स्तरिय समन्वय समितिूको बैठकबाट निर्णय गरिएको छ ।