पछिल्लो २४ घन्टामा नेपालमा थप १,२०४ नयाँ संक्रमित थपिए

हेटौंडा टुडे
३ आश्विन २०७७, शनिबार १७:५२

काठमाडौं । नेपालमा आज शनिबार थप १ हजार २ सय ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका जानकारी छन ।

जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । यस्तै गत २४ घण्टामा १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किसकेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४०१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*