
हेटौंडा । हेटौंडाको चुरे हिल अस्पतालको इमर्जेन्सी सेवा केहि समयको लागि सिल गरिएको छ ।
हेटौडा नारायणघाट सडक खण्ड अन्र्तगत हेटौंडा–१९ नेवारपानी नजिकै सवारि दुर्घटनामा परि मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २९ वर्षीय दिपेन्द्र अधिकारीको आज दिउसो ज्यान गएको थियो ।
कोरोना संक्रमित उनको इमर्जेन्सी कक्षमा मृत्यु भएपछि अस्पताल केहि समयको लागि सिल गरेकोहो । उनलाई उपचारको लागि चुरेहिल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।उनको नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरेको छ । नेपालि सेना भर्खरै मात्र चुरेहिल अस्पताल प्रस्थान गरेको छ ।


सेयर गर्नुहोस्