हेटौंडा । रेडियो बुलेटिनले ८९.७ मेघाहर्जले शनिबार स्थानिय जनप्रतिनिधिसग कोभिड १९ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भच्र्युअल माध्यमबाट गरेको छ।
बिश्व नै कोभिड १९ ले आक्रान्त पारिरहेको यो बिषम् परिस्थीतिमा मकवानपुरमा पनि पछिल्लो समय निरन्तर संक्रमण बढीरहेकोमा हेटौडा उपमहानगरपालिकाले कोभिड १९ को समयमा गरेका कामहरु अझै प्रभावकारी बनाउन के गर्न सकिन्छ रु भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
शनिबार आयोजित कार्यक्रममा बोल्दै हेटौडा अस्पताल बिकास समिति अध्यक्ष प्रकाश पौडेलले अहिले मकवानपुरमा संक्रमित मध्ये ४३ जनाको अबस्था जटिल रहेको बताउदै आफुहरु गुनासो नआउने गरी काम गरीरहेको बताउनु भयो । अहिले नया पिसिआर मेसिन खरिदको प्रकृया अन्तिम चरणमा रहेको बताउदै उहाले त्यसको लागि आफुहरु जनशक्ति व्यबस्थापनमा लागेको बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाले अहिले पनि अस्पतालले भनेजस्तो सेवा दिन नसकेको बताउदै बिरामीको प्रकृति हेरेर उपचार पाउनुपर्ने उहाको भनाई छ । यसैगरी कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन चौलागाईले आफुहरु जनताको काममा खटिरहेको भएपनि संस्थागत हिसाबले नभई वडागत मात्रै काम भइरहेकोले संक्रमण घट्न नसकेको बताउनु भयो । साथै उहाले अहिलेसम्म कोभिड १९ ब्यबस्थापन गर्न समितिको प्रस्तावसमेत नआएको बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले सबैले मिलेर काम गरीरहेको तर अझै प्रभावकारी हुन नसकीरहेकोमा यसलाई कसरी प्रभावकारी बनाउने भनेर सबैले चिन्तन गर्नु आबश्यक रहेको बताउनु भयो । कार्यापालिका नै समिति भएकोले हेटौडा उपमहानगरपालिकामा कोभिड १९ को बिशेष समिति नबनाएको प्रष्ट पार्दै उहाले सबै वडा अध्यक्षहरु सक्रियतापूर्वक खटिरहनुभएकोले अहिले स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको बताउनु भयो ।
यसैगरी थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले थाहा नगरपालिकाले अहिले आइशोलेसन वार्ड ,क्वारेन्टिन वार्ड लगायतको ब्यबस्थापनमा आफुहरु खटिरहेको बताउदै यसरी यता खटिरहदा जनता भोकै नपरुन् भनेर राहत लगायतको काममा पनि सक्रिय भइरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनीले सबैको सहयोगमा अहिलेसम्म कोभिड १९ सँगमा लडीरहेको र अझै यो रोगसँग लडेर बिजय हासिल गर्न सकिने बताउनु भयो । लकडाउनपछि महिला हिंसाका घटना धेरै भएको बताउदै उहाले त्यसलाई रोक्न नया कदम चाल्नुपर्ने बताउनु भयो । उहाले आफुहरुले सबै स्थानिय निकायहरु तथा सम्बन्धित क्षेत्रहरुसग आबश्यक समन्वय गरीरहेको बताउदै उहाले सबै यो कोभिड १९ को बिरुद्धमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा उहाको जोड रहेको थियो ।
कार्यक्रमको समिक्षात्मक टिप्पणी राख्दै अधिबक्ता ध्रुब प्रसाद चौलागाईले अहिले वडाहरुले ब्यहोरेका आर्थिक समस्याहरुको हल गर्दै कोभिड १९ को लक्षण देखिएका बिरामीहरुलाई होम आइसोलेसनमा र लक्षण देखिएका बिरामीहरुलाई आइसोलेसन लानुपर्ने अबस्था आएको बताउनु भयो । साथै उहाले अनुगमनको पाटोलाई बढाउनुपर्ने निस्कर्ष आएको पनि बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय कुमार उपाध्याय, हेटौडा अस्पतालका मेसु प्रविण श्रेष्ठ, गौरीटार आइशोलेसनका इन्चार्ज डा सागर काफ्ले, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष राजन थापा, वडा नम्बर ८ का वडाअध्यक्ष गोपाल बहादुर श्रेष्ठ, वडा नम्बर १० का वडाअध्यक्ष कितासिंह लामा, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाइवा, वडा नम्बर १७ का वडाअध्यक्ष भैरवबहादुर राई, वडा नम्बर ११ का वडासदस्य जुना दाहाल, वडा नम्बर १५ का वडासदस्य कुमारी श्रेष्ठलगायतले पनि कार्यक्रममा धारणा राख्नु भएको थियो ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिकुमार खातिले बताउनु भयो ।कार्यक्रम रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिकुमार खातिको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण मसान उपासकले गर्नुभएको थियो ।