भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरको आज भएको सार्वजनिक गोष्ठी कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मकवानपुरका प्रमुख सुशील केसिले एक कार्यक्रमका बिच पसु पालन अनुदानमा दुरुपयोग भएको खुलासा गर्नु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरको आज आर्थिक बर्ष २०७७ /०७८ को बार्षिक कार्यक्रम तथा सार्वजनिक गोष्ठी कार्यक्रम आईतबार हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रममा पशुपालन तथा पशुजन्य उत्पादनको तथ्याङक र वार्षिक गतिबिधि प्रस्तुत गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख सुशील केसिको सभाअध्यक्षतामा भएको कार्यक्रमको बागमती प्रदेशकी प्रदेश सभा सदस्य मुनु सिग्देलले कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले जिल्लाको पशुपालन तथा पशुजन्य उत्पादनको तथ्याङक र वार्षिक गतिबिधि प्रस्तुत गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख केसिले स्थानिय ३ तहको सरकारबिच समन्वय नभएका कारण पशु पालनमा अनुदानको दुरुपयोग भएको बताउनुभयो । उहाँले स्थानिय सरकार संग ब्यबस्थित पशुपालकको अभिलेख नभएका कारण बजेट कार्यान्वयनमा चुनौति थपिएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेम बहाद् पुलामी ,हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, लगाएत जिल्लाका सबै गाँउपालिकाहरुको प्रमुखहरुको उपस्थिति रहेको थियो ।