हेटौंडा/राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीले आज आफ्ना व्यावसाय संञ्चालन गर्न पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
कोरोना भाइरसको त्रासका कारण आफ्ना व्यावसाय सञ्चालन गर्नका लागि समस्या भएको भन्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएका हुन् ।
महिलाहरुले सञ्चालन गरेको यस व्यावसाय खुलाउनका लागि आफुले सक्दो पहल गर्ने मेयर महतले वताउनुभयो । युनियनका अध्यक्ष सजिता केसी र सचिब भगवती श्रेष्ठ सहितको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
यस क्षेत्रमा धेरे महिलाहरु अहिले बरोजगार वन्नुपरेकाले आफ्ना व्यावसाय खुलाउनका लागि माग गरिएको हो ।
आफुहरुले लगानी गरेको व्यावसाय सञ्चालन गर्न नपाइकन कोठा भाडा मात्र दिनुपर्दा थप समस्या परेको महिलाहरुको गुनासो छ । कोरोनाको संक्रमण रहीरहेपनि स्वास्थ्य सामाग्रीको प्रयोग गरेर व्यावसाय संचालन गर्नुको विकल्प नभएको मेयर महतले वताउनुभयो ।