गढी गाउँपालिकामा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २२ पुग्यो

हेटौडा टुडे
७ आश्विन २०७७, बुधबार २२:३७

हेटौंडा । मकवानपुरगढी गाउपालिका आज बुधबार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए अनुसार मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ कि १७ बर्षिय र ४३ बर्षिय दुई महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित दुबै एकै घरको सदस्य रहेको छन ।

मकवानपुरगढी गाउपालिका कोरोना पुष्टि हुनेको सख्यां २२ जना पुगेको छ । संक्रमित मध्ये ७ जना होम आईसोलेसनमा रहेका छ भने त्यस मध्ये १५ जनामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आईसकेको मकवानपुरगढी गाउपालिकाका स्वास्थ्य ईकाइका प्रमुख बिदुर लामिछानेले जानकारि दिनु भयो ।

यो संगै मकवानपुरमा आज थप बिहान र साझ गरि २६ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*