विद्युत् प्राधिकरणको जीप खोलाले बगाउदा दुई जनाको मृत्यु, एक बेपत्ता

हेटौंडा टुडे
८ आश्विन २०७७, बिहीबार ०९:५५

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइलीखोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको एउटा जीप बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न वाणगंगा नगरपालिका(७, भलवाडमा विद्युत् बनाएर फर्किनेक्रममा बा१ञ १०८९ नम्बरको जीप बगाएको थियो ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका उपल्लो तम्घासका प्राधिकरणका सवारीचालक माधव पाण्डे रहेका छन् । अर्का एकजनाको शव गाडीभित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

जीपभित्र विद्युत् प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना व्यक्तिसमेत थिए ।

मोतीपुर कवजे पार गर्नेक्रममा जीप बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जीपमा विद्युत्का चारजना कर्मचारी र दुईजना सर्वसाधारण चढेका थिए । दुई कर्मचारी र एक सर्वसाधारण भाग्न सफल भएका वाणगंगा नगरपालिका(७ का अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।

घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । बेपत्ताको खोजतलास जारी रहेको रहेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुबबहादुर कार्कीले बताउनुभयो ।

खोलामा पानीको बहाव बढेकाले खोजतलास गर्न असहज भएको जनाइएको छ ।

ईमेज खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*