सामरी खोलाले बगाउँदा एकै परिवारका दुईको मृत्यु

हेटौडा टुडे
११ आश्विन २०७७, आईतवार १८:४०

हेटौंडा । गढि गाउँपालिका ६ स्थित सामरी खोला तर्ने क्रममा एक दम्पत्तीको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढि गाउँपालिका ६ का वर्ष ६५ का ज्ञान बहादुर परियार र उनको श्रीमति वर्ष ६१ को तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई खोलाले बगाएको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई खोलाले बगाएर करिब १ किलोमिटर तलसम्म पुर्याएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*