१० हजार घुससहित ढकाल रंगे हात पक्राउ

टुडे संवादाता
१४ आश्विन २०७७, बुधबार ११:५६

ईलाम/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकमसहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।
सोमबार करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल दश हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन ।
ढकालले सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगे हात पक्राउ परेका हुन ।
पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।
करदाता सेवा कार्यालयको कर्मचारी हुुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधारमा ढकाललाई पक्राउ गरिएको र ‘अहिले थप अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी ढकालको भनाई छ ।’ ढकाल करदाता सेवा कार्यालयबाट एक वर्ष अघि सेवा निवृत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*