काठमाडौं /१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई लामाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंहबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
सेयर गर्नुहोस्






















