नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिए,९६१ जना संक्रमित निको भए

टुडे संवादाता
१५ आश्विन २०७७, बिहीबार १६:३०

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*