मकवानपुर प्रहरीले भिमफेदी ९ ढुङगेनबाट २ सय २९ केजी गाँजा बरामद

हेटौंडा टुडे
१६ आश्विन २०७७, शुक्रबार १५:३८

हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले भिमफेदी गाउँपालिका वडा नम्बर ९ ढुङगेनबाट २ सय २९ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले बुधबार बिहान अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नम्बर–९ ढुङ्गेनबाट २ सय २९ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताउनुभयो ।

डिएसपी रानाका अनुसार उक्त स्थानको भित्री बाटोको खोल्सीमा ९ वटा बोरा भित्र १८ वटा प्याकेटमा प्याकिङ् बनाएर लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको डिएसपी रानाले बताउनुभयो । बरामद गाँजा कस्को हो भन्ने अनुसन्धान र खोजीकार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*