हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा विद्यार्थी संगठनको धर्ना

टुडे संवादाता
१६ आश्विन २०७७, शुक्रबार १७:१५

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा दुई विद्यार्थी संगठनले आज १ घण्टा धर्ना दिएका छन । विद्यार्थी हक र अधिकारको निम्ति सदैव अघि बढ्ने दुई विद्यार्थी संगठनल विभिन्न प्लेकार्ड सहित आज हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएका हुन ।

बिहीबारबाट सुरु भएको नेपाल विद्यार्थी संघ (नेवि संघ)मकवानपुर र अनेरास्ववियूको संघर्ष कार्यक्रम अन्तर्गत आज राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडा शाखा, प्याव्सन मकवानपुर, मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसलाई लेखा शाखामा तालाबन्दी लगाउने लिखित जानकारी गराएको अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले बताउनुभयो ।
असोज १८ गतेदेखि सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा विद्यार्थी संगठनले ताला लगाउने भएको छ । यस्तै असोज १९ गते हेटौंडाको बुद्धचोकमा प्लेकार्डसहित प्रदर्शन गर्ने उहाँले बताउनुभयो ।

मकवानपुरका संस्थागत विद्यालय तथा निजि क्याम्पसहरुले शैक्षिक शुल्क असुलिरहेको भन्दै विद्यार्थी संगठनले अनलाइन कक्षाको शुल्क समान गर्न, विद्यार्थीलाई विद्यालयसम्म जोड्ने कार्यक्रम सञ्चालन हुनुपर्ने, सबै विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याइनुपर्ने, विद्यार्थीको घरभाडा मिनाहा गर्नुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*