हेटौंडा/मकवानपुरमा आज (शनिबार) बिहानै १२ जना कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।
किटजन्य रोग तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ६ पुरुष गरी मकवानपुरमा १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका विभिन्न वडामा गरी ८ जना, मनहरीका एक जना र जिल्ला बाहिरका ३ जना गरी १२ जना रहेका छन् ।
सेयर गर्नुहोस्