चितवन/नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार तनहुं घिरिङ गाउँपालिका ४ बस्ने ३५ बर्षका जित बहादुर राना रहेकाे प्रहरीले जनाएकाे छ ।
भरतपुर २९ सिमलतालमा नारायणगढबाट मुग्लिङ तर्फ गई रहेको प्रदेश ३-०३००१ह ४४७ नम्बरको अटो र विपरीत दिशा बाट आई रहेको ना५०प ४५५० नम्बरको मोटरसाइकल दिउँसो एक-आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक घिरिङ गाउँपालिका- ४ का बेल बहादुर राना, अटो चालक नवलपुर गैंडाकोट ८ बस्ने बर्षसागर थापा, अटोमा सवार दोहि ठाउँका बिनिता थापा, पुजा थापा,रितु थापा,समिर थापा, मिन बहादुर थापा सामन्य घाइते भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्