हेटौंडा/भिमफेदी ६ स्थित चिसापानीगढी नजिक सुमो दुर्घटना भएको छ । सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ बालक सहित ६ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो चिसापानी गढी नजिक दुर्घटना भएको बताईएको छ ।
मृत्यु हुने दुबै पुरूष रहेको र अन्य घाइते मध्ये ४ पुरुष र २ महिला रहेको जनाइएको छ ।
घाइते ५ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको र बालकको भिमफेदीमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सेयर गर्नुहोस्