बुधवार सुनको मुल्यमा गिरावट

हेटौडा टुडे
२१ आश्विन २०७७, बुधबार ११:४५

काठमाडौं /बुधवार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ । हिजो तोलाको ९४ हजार ४ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । हिजो तोलाको १२ सय रुपैयाँ रहेको चाँदी आज ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ । यस साता आइतबारदेखि नै सुनचाँदीको भाउ निरन्तर घटिरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*