टिपर बनाउने क्रममा चक्काले किचेर मिस्त्रीको मृत्यु

टुडे संवादाता
२१ आश्विन २०७७, बुधबार १२:००

ललितपुर /ललितपुरमा बिग्रिएको टिपर बनाउने क्रममा गएराति चक्काले किचेर एक मिस्त्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा घर भई हाल चापागाँउ बस्दै आएका ३० वर्षीय सुर्य लिम्बु रहेका छन्।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी भट्टेडाँडाले जनाएको छ।
बा २ क ५९९८ नम्बरको टिपर गएराति पौने १२ बजे बनाउने क्रममा अचानक टिपर गुड्दा लिम्बुलाई चक्काले किचेको थियो।

उनी चापागाउँमा रहेको दक्षिणकाली मोटर वर्कसपमा काम गर्दै आएको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*