
गुल्मी/गुल्मीमा आफनै बाबुको हत्या गर्ने छोरा परेका छन । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेत रहेका छन । कुटपिटबाट ६० वर्षीय बाबु दिलबहादुर बस्नेतको मृत्यु भएपछि उनी फरार भएका थिए ।
गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार अनिललाई वडा नम्बर ९१ हर्पुकोटस्थित फुपु दिदीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
आफ्नै घरमा आइतबार साँझ अनिलले कुटपिट गर्दा उनको बाबु दिलबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दिलबहादुरलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी पन्तले बताए ।


सेयर गर्नुहोस्