जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित २ जनाको मृत्यु

टुडे संवादाता
२१ आश्विन २०७७, बुधबार १७:३२

जाजरकोट/जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित २ जनाको मृत्यु भएको छ।

सरदमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्र पराले जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप वडा नं. १ औलाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही र वडा नं. ११ कै कीर्तिबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।

अन्य तीन जनाको अवस्था गम्भीर छ। गाडी चालक फरार छन्। यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने घटनाको प्रहरी घटनास्थल पुगिनसकेको भन्दै मृतकको पुष्टि गर्न नसकिने जनाएको छ।

‘प्रहरी घटनास्थल पुगिसकेको छैन तर ४/५ जनाको मृत्यु भएको खबर आएको छ’ जाजरकोटका डीएसपी किशोर श्रेष्ठले भने, ‘अहिले नै मृतकको पुष्टि गर्न सकिदैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*