हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वकीय सचिव काफ्ल बिगत १५ दिनदेखि नै होम आईसोलेसनमा रहेकी उनमा कोरोना पुष्टी भएको मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
‘उहाँ १५ दिनदेखि नै घरमै हुनुहुन्थ्यो, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि जाँच गर्दा संक्रमण पुष्टी भएको छ ।’–दाहालले भने । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
पछिल्लो समय कोरोना जोखिमलाई मध्ये नजर गरेर सावधानी अपनाईएका उनले बताए । मूख्यमन्त्रीले अत्यावश्यक भेटघाटमा पनि सर्तकताअपनाईएको सचिवालयले जनाइएको छ ।
सेयर गर्नुहोस्