१७ वर्षीया किशोरीको हत्या गर्ने महम्मद पक्राउ

टुडे संवादाता
२२ आश्विन २०७७, बिहीबार १५:४७

 रौतहट/रौतहटमा १७ वर्षीया किशोरीको हत्या गर्ने एक युवकलाई पक्राउ परेका छन् । दुर्गाभगवती गाउँपालिका-४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मद समेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव ल्याई राखेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो ।

साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*