उपत्यकामा बिहिवार मात्र २५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२२ आश्विन २०७७, बिहीबार १६:४९

काठमाडौं/काठमाडौं उपत्यकामा बिहिवार मात्र २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३४ सय ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २५ सय ४० जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १८ हजार ४ सय ७३ जनाको पिसीआर परिक्षणमा ३४ सय ३९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २६७५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७१ हजार ३ सय ४३ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २०८५ जना र ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ९७ हजार ६ सय ९२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*