कोरोना संक्रमणबाट एक बन्दीको मृत्यु

टुडे संवादाता
२३ आश्विन २०७७, शुक्रबार १३:५१

विराटनगर/कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट विराटनगरमा एक कैदी बन्दीको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका २० वर्षीय कैदी बन्दीको काेराेना संक्रमणबाट मृत्यु भएको भएको हो । कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो।

बिहीबार बिहान अस्पताल भर्ना भएका युवकमा साँझ कोरोना संक्रमण पुष्टि भएको थियो। आएसियूमा राखेर उपचार गरिनु्पर्ने युवालाई आइसियूमा बेड  खाली नभएपछि आइसोलेसनमा राखिएको थियो।

जिल्ला कारागार मोरङका अनुसार उनी २०७६ माघदेखि लागूऔषध मुद्दामा थुनामा रहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*