गाडीको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एकजनाको मृत्यु

टुडे संवादाता
२५ आश्विन २०७७, आईतवार ११:५७

वीरगंज/गाडीको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एकजनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नं १५ स्थित बाईपास सडकखण्डमा रहेको टायर पन्चर बनाउने पसलमा कार्यरत एक जनाको हावा भर्ने क्रममा टायर पड्किँदा मृत्यु भएको हो ।
मृत्यु हुने जितपुर सिमरा उपमहानगरपालिकाका ऋषि चौधरी रहेका छन् ।

मृत्यु हुने व्यक्ति साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन बोकेका ना ३ ख ४०३५ नम्बरको ट्रकको टायर बनाउने क्रममा टायर रहेको रिङ पड्किँदा घटना स्थलमै उनको मृत्यु भएको छ भने अर्को ट्रक चालक समान्य घाईते भएका छन् ।

मृतक व्यक्तिलाई पोस्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*