कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

टुडे संवादाता
२५ आश्विन २०७७, आईतवार १२:५४

चितवन/कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणीलाल तामाङको भरतपुर अस्पतालमा मृत्यु भएको हो । ७० वर्षीय उनको शनिबार बिहान ११:१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार असोज १४ गते कोरोना पुष्टि तामाङको असोज २३ गते अस्पताल भर्ना भएका थिए । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनको अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको पौडेलले बताए ।

मधुमेह तथा उच्च रक्तचापले समेत ग्रसित भ्यान्टिलेरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*