काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९)संक्रमण पुष्टि भएको छ । स्वास्थ्थ तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डा जागेश्वर गौतम ले सो सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
संक्रमित मध्य काठमाडौं उपत्यकामा मात्र एक हजार ४१६संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमित थपिएका विभिन्न जिल्लामध्ये काठमाडौंका एक हजार १४५, भक्तपुरका ११० र ललितपुरका १६१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा ४ हजार ६१३ जना रहेका छन् । ३१ हजार ३१५ सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।
आजको थप अपडेटसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये ७५ हजार ८०४ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५५२ जना डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृतक संख्या ६३६ पुगेको छ ।