ट्रक पल्टिँदा एक महिलाको ज्यान गयो

टुडे संवादाता
२६ आश्विन २०७७, सोमबार १३:१२

सुनसरी/सुनसरीमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी ट्रकमा सवार करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-१ खोनिया पुलस्थित सडकमा ट्रक आइतबार राति ना.५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर-४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*