५० करोडको जग्गा कीर्ते गरी ठगी गरेको अभियोगमा राणा पक्राऊ

टुडे संवादाता
२६ आश्विन २०७७, सोमबार १७:५०

काठमाडौं/५० करोडको जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्ती बस्दै आएका केवल प्रताव जंग बहादुर राणा रहेका छन् । राणालाई आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोका अनुसार उनलाई रातोपुलको साधना गल्लीस्थित डेराकोठाबाट पक्राउ गरिएको हो । राणाले कमलादेवी राजभण्डारीको नाममा सर्पाको वीरगञ्जमा रहेको पाँच कठ्ठा, १५ धुर, नौ कन्वामा बनेको घरजग्गा मुकेश राजभण्डारी बनेर विक्री गर्न खोजेका थिए । मालपोत कार्यालयका कर्मचारीहरु समेतसँग मिलेमतोमा गिरधारीलाल अग्रवाललाई विक्री गर्न ५० लाख बैना समेत लिएका थिए ।

घटनाबारे जानकारी पाएपछि राजिव राजभण्डारी समेतले ब्यूरोमा जाहेरी दरखास्त दिएपछि राणालाई पक्राउ गरिएको थियो । उनले मुकेश राज भण्डारी किर्ते नाम लेखाउँदा ५० वर्ष उमेर र ललितपुर महानगरपालिका ३ ठेगाना लेखेको ब्यूरोले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*