दक्षिण कोरियामा थप ४ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

टुडे संवादाता
२७ आश्विन २०७७, मंगलवार १२:१६

काठमाडौं/दक्षिण कोरियामा थप ४ जना नेपाली विद्यार्थीलाई कोरोना पुष्टि भएको छ। १० अक्टोबर २०२० मा विद्यार्थी भिसामा मलेसिया हुँदै कोरियन एयरमार्फत् दक्षिण कोरिया प्रवेश गरेका ४ नेपाली विद्यार्थीलाई कोरोना पुष्टि भएको हो ।

योसँगै दक्षिण कोरियामा सक्रिय संक्रमित नेपालीको संख्या १६ पुगेको एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए ।

हालसम्म कोरियामा कोरोना संक्रमित २३ नेपालीमध्ये ७ जना निको भइसकेको उनले बताए। कोरोना महामारीको जोखिम कायमै रहेकाले कोरियामा रहेका सबै नेपालीहरुलाई थप सजगता अपनाउनसमेत उनले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*