हेटौंडाका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

हेटौंडा टुडे
२९ आश्विन २०७७, बिहीबार ०८:०४

हेटौंडा/हेटौंडाका थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् ।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको बुझिएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*