शुक्रवार थप ४३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडा टुडे
३० आश्विन २०७७, शुक्रबार १६:४०

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ७१५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*