
काठमाडौँ/ नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २४६ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३५४ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ६९८ कोरोना पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस्