
हेटौंडा/पूर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित नेवारपानीमा ट्रक र बस एक आपसमा ठोकिदाँ १५ जना घाईते भएका छन् ।
सोमवार (आज) अपरान्ह ५ बजे हेटौंडा बाट नारायणघाट तर्फ जाँदै गरेको ना २ ख ९०३८ नम्बरको यात्रुवाहक बस र नेवारपानीको भित्री बाटोमा प्रवेश गर्दै गरेको ना ५ ख ८५८९ नम्वरको आपसमा ठोकिदा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दूर्घटना हुँदा बसमा सवार १५ जना घाईते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको र अहिले हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।


सेयर गर्नुहोस्