सुरक्षित एवं संयमित ढङ्गगले बडादशै मनाउनुहोस : मकवानपुरगढी गाउँपालिका

टुडे संवादाता
४ कार्तिक २०७७, मंगलवार १०:०५

हेटौंडा/कोभिड–१९ संक्रमितको संख्या देशव्यापी बढ्दै गएकोले र नेपालीको महान चाड बडा दशै पर्व समेत सुरु भइसकेको अवस्थालाई मध्यनजर गर्दा सुरक्षित एवं संयमित ढङ्गगले बडादशै मनाउन मकवानपुरगढी गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँकार्यपालिकाको बैठक बसी गाउँपालिकाले स्वास्थ्य मापदण्ड पुरा गरि मनाउनका लागि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले सुचना नै जारी गर्दै कोरोना भाइरसबाट बच्न सुरक्षा मापदण्ड अपनाई चाडपर्व मनाउन अनुरोध गरेको हो ।

वडा कार्यालयले टोल विकास संस्थाको बैठक राखि स्थानिय निगरानी समुह गठन गर्ने र सोही समूह मार्फत उल्लेखित सूचनाको प्रचार प्रसार गराउने, कोभिड–१९को जोखिमका विषयमा सचेतना मुलक सन्देशहरु प्रवाह गराउने, भिडभाड हुन नदिने, जथाभावी टिका लाउने प्रयोजनका लागि हिडडुल गर्न नदिने तथा कोभिड सक्रमितको तथ्याकं संकलन गरि वडामा पठाउने कार्यमा जिम्मेवार बनाउने जस्ता निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

उनले घर परिवारका सदस्यहरु अन्यत्र नगई आफ्ना घर परिवारका सदस्यहरुबिच रहेर, दशैँ पर्वमा विभिन्न शक्तिपिठहरुमा नियमित नित्य पूजा बाहेकका अन्य बली दिने कार्य नगर्ने नगराउने जस्ता सुचना जारी गरीएको अध्यक्ष हुमागाईले बताए ।

गाउँपालिका क्षेत्रभित्र दशै तिहारमा सार्वजनकि स्थलमा भेला भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने खेलाउने, सार्वजनिक स्थलमा भेला भई भिडभाड गर्ने कार्यमा रोक लगाउने, दशैँ तिहारमा जुवा तास खेल्ने, धुम्रपान तथा मद्यपानमा संलग्न हुने गरेको पाईएकोले त्यस्ता क्रियाकलापलाई सामाजिक व्यवहार सुधार ऐन, २०७५ बमोजिम वर्जित गरिएकोले त्यस्ता कार्य नगर्ने नगराउने जस्ता नियम रहेको जनाइएको छ । त्यस्तै, अटो सवारीको माध्यामबाट दशै तिहारको बेलामा हिडडुल नगर्ने, घरमै बसी दशै मनाउने तथा आफन्त कहाँ जाने आउने नगर्न अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*