नक्कली नोटसहित राक्सीराङका लोप्चन पक्राउ

टुडे संवादाता
५ कार्तिक २०७७, बुधबार १५:२४

मकवानपुर/चितवनबाट तीन लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चन छन् ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कुन्युमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*