काठमाडौंको तीनकुने पुलमुनि एक पुरुषको शव फेला

टुडे संवादाता
२०७७ कार्तिक १६, आईतवार १६:१६ गते

काठमाडौं । काठमाडौंको तीनकुने पुलमुनि एक पुरुषको शव फेला परेको छ । बागमती नदीले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।स्थानीयले पुलमुनि बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शव कसको पहिचान हुन नसकेको तीनकुनेका प्रहरी नायब उपरीक्षक (डीएसपी)दक्ष बस्नेतले जानकारी दिए ।बागमती नदीको किनारबाट शव निकालेर पहिचान गर्ने काम भइरहेको डीएसपी बस्नेतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*