हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहाललाई कोरोना पुष्टि भएको छ।
हेटौंडोको किटजन्य रोग तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा दहाललाई बुधवार बिहान कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भए पश्चात उनी होम आइसोलेसनका रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेका बताएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री पौडेल सहित उनकी धर्म पत्नी चालक,अंगरक्षक र कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको थियो।
मुख्यमन्त्री पौडेल भने कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन्।
सेयर गर्नुहोस्