
सर्लाही/सर्लाहीको ईश्वरपुर नगरपालिकामा खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ खुपलालटोल बस्ने बिक्रम महत्तोको अन्दाजी २ वर्षीय छोरा रामप्रबेश महत्तो रहेको छ ।
शुक्रबार वडा नं. ५ खुपलालटोल स्थित महेन्द्र बिष्टको घर अगाडि फोहर पानी जम्मा गर्ने खल्डोमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।


सेयर गर्नुहोस्