प्रहरी हवल्दार विरुद्ध चार लाख बिगो सहित भ्रष्टाचार मुद्धा

टुडे संवादाता
२५ कार्तिक २०७७, मंगलवार १५:४९

बुटवल/इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र साहानीविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियारले उनीविरुद्ध चार लाख रुपियाँ विगो समेत माग गरेको छ । उनले सेवाग्राहीलाई धरौटीमा छुटाईदिन सहयोग गरेबापत घुस लिएका थिए ।

अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई चार लाख सहित सियारी गाउँपालिका–७ बाट रंगेहात पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*