रौतहट/रौतहटमा एक युवतीको गोली प्रहार गरी हत्या गरिएको छ । हत्या हुनेमा माधवनारायण नगरपालिका ७ की १८ वर्षीया अमृता कुमारी रहेकी छिन् ।
उनको बुधबार राति अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका हुन् । ती विवाहित युवतीको कन्चटमा गोली लागेको बताइएको छ ।
घरमै सुतिरहेको अवस्थामा युवतीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । अहिले उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विवाह गरेकी ती युवती सम्बन्धबिच्छेदपछि माइतमा नै बस्दै आएकी थिइन् ।
सेयर गर्नुहोस्