हेटौंडा/काठमाडौं महानगरपालिका स्थित किर्तीपुर बस्दै आएका मनशुन शर्माले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
विहीवार आयोजित एक कार्यक्रमका बिच धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
शर्माले विभिन्न समयमा मान्यजन तथा घर परिवारले दिएको रकम जम्मा गर्दै आफ्नो १४ औं जन्म उत्सवका अवसरमा विद्यालयलाई आवश्यक पर्ने पेन ,कपि,कलम,जोमेट्री बक्स लगायत ४० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको परिवारीक स्रोतले जनाईएको छ ।
विद्यालयका प्रधानध्यापक अनिल रुपाखेतीले यस्तो सेवामुखी भावना राखेर गरीने जन्मदिनको सबैले अनुसरण गर्न सके राम्रो सन्देश समाजमा जाने बताउनुभयो ।
यता मनशुनका अभिभावक ले भने,आधुनिकता तर्फ गएको हाम्रो सामाजको जन्मदिन मनाउने परम्परालाई तोड्दै यस्तो पून्य कर्ममा जोडिन पाउँदा सदैव सम्झिरहने साथै विद्यालय र विद्याथिलाई धन्यवाद दिएका छन् ।
शैक्षिक सामग्री हस्तान्तरण कार्याक्रम विधालय ब्यबस्थापन समितिको अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विधालय ब्यबस्थापन समितिको अध्यक्ष ऋषि कुमार ढकाल, विधालय प्रधानाध्यापक अनिल रुपाखेती, शिक्षक विद्याथी,लगाएत अभिभावकको उपस्थिती रहेको थियो ।