२३ वर्षकी महिलालाई बलात्कार गर्ने पुरुष पक्राउ

टुडे संवादाता
३ मंसिर २०७७, बुधबार १४:४८

मोरङ/जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका–५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुर पक्राउ परेका हुन् ।

गत साउन १ गते साँझ ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*