भन्सार छली भित्र्याएको ४८ लाख मुल्य बराबरको सामान बरामद

टुडे संवादाता
४ मंसिर २०७७, बिहीबार १०:४२

वीरगंज/बारा प्रहरीले करिब साढे ४८ लाख मूल्य बराबरको समान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट खटिएको दुई वटा टोलीले ४८ लाख ६१ हजार मूल्य बराबरको भन्सार छलीका विभिन्न समान तथा सवारी साधन बरामद गरी आवश्यक कारवाहीको लागि  वीरगंज भन्सार कार्यालयमा पठाएको छ।

बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार दशैं, तिहार तथा छठको विभिन्न समयमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्र्याएको थान तथा रेडिमेड कपडा, किराना मालसामान एवं ती समान भित्र्याउन  प्रयोग गरेको प्र.३–०१–०२२ च ७०७० नं. को कार एक थान, मोटरसाइकल एक थान गरी कुल ४८ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको समान तथा दुई जना व्यक्तिलाई समेत पक्राउ गरी हिजो वीरगंज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको हो।

पर्सा र बाराको ग्रामीण नाकाबाट चाडपर्वको बेला विभिन्न समानको तस्करी तीव्र रुपमा हुने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*