निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने पक्राउ

टुडे संवादाता
४ मंसिर २०७७, बिहीबार १५:३७

काठमाडौं/निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो अपलोड गर्ने विशेष जोशीलाई पक्राउ गरेको हो ।

प्रारिम्भक सोधपुछका क्रममा विशेष जोशीले आफूले भिडियो अपलोड मात्र गरेको बताएको भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिनुभयो  । यसबारे थप अनुसन्धान भइरहेको थापाले बताइन् ।

निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

घटनामा दुर्व्यवहार गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*