
हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित सनोट कोलोनिको छेउमा भेटिएको शवको तस्विर सार्वजनिक गरेको छ । शनिवार (आज) बिहान मृत अवस्थामा फेला परेको पुरुषको शव सनाखत हुन नसकेपछि प्रहरीले तस्विर सार्वजनिक गरेको हो ।
शव मृत अवस्थामा कोलोनि प्लटिङको पिच सडक छेउमा फेला परेको हो । शव फेला परेको सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा गई मृतक पुरुषको लाशजाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक लाश पोष्टमार्टमको लागि हेटौडा अस्पतालको शव गृहमा ल्याई राखिएको छ ।
मृतकको हालसम्म सनाखत हुन सकेको छैन् । प्रहरीले मृतकलाई चिन्नुहुने जो कोहिले नजिकैको प्रहरी कार्यालय तथा यस कार्यालयको फोन नम्बर ९८५५०९०१५० मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
मृतकको हुलिया
पहेँलो रंगमा अगाडी सेतो कालो रंगमा बिरालोको टाउको चित्र भएको फुल बाउले हुक, सो भित्र अगाडी छातीमा (एडिडास) लेखेको बाउलामा फिक्का हरियो बिट भएको हल्का निलो रंगको फुल टिसर्ट, सो भित्र खैरो सेतो तेर्सो लाईन भएको टिसर्ट, खैरो रंगको कपडाको पाईन्ट, सो भित्र खरानी रंगको ट्राउजर र पहेँलो जनै लगाएको, बर्ण गँहु गोरो, शरिर पातलो, बाहुन क्षेत्री जस्तो देखिने, कपाल छोटो रहि अगाडी हल्का फुलेको, हल्का जुँगा पालेको, लाम्चो अनुहार, उचाई अन्दाजी ५ फिट ५ ईन्च, नाम थर वतन नखुलेको अन्दाजी ४५/५० बर्षको पुरुष ।
मृतको तस्विर


