काठमाडौं/ मिस नेपाल वर्ल्ड-२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको ग्रान्ड फाइनलमा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपालको ताज पहिरिएकी हुन् ।
उनी पेशाले किन्डरगार्टन टिचर हुन् । काठमाडौंकी १९ वर्षीय नम्रता दोस्रो पटक मिस नेपालमा सहभागी भएकी हुन् ।
त्यसैगरी मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेकी छन् ।
सेयर गर्नुहोस्